२ चैत्र २०८१, आईतवार
नयाँ सरकारवाट विकास र संवृद्धिको यात्रा अघि वढ्छ ‐ थापा

नयाँ सरकारवाट विकास र संवृद्धिको यात्रा अघि वढ्छ ‐ थाप
गुल्मी, फागुन २६ । नपाल कम्यूनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष एवं पुर्व गृहमन्त्री राम बहादुर थापाले सरकारको माध्यमबाट विकासको अभियान अघि बढाउने बताउनु भएको छ । उहाँले यो अनुकुल समयमा नयाँ बनेको गठबन्धन सरकारवाट वडातहदेखि नै संबृद्धिको अभियानलाई अघि बढाउने बताउनु भयो ।
सनिबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोश्रो अबिधेशनमा बोल्दै केन्द्रीय उपाध्यक्ष थापाले उक्त कुरा व्यक्त गर्नु भएको हो । देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक लगायतका संकटको भूमरीबाट अघि बढिरहेको भन्दै केन्द्रीय उपाध्यक्ष थापाले आर्थिक संकटवाट मुक्त गर्न अब विकासको आन्दोलन चलाउनु पर्ने बताउनु भएको छ । त्यसका लागि वर्तमान गठबन्धन अनुकुल समय बनेको उहाँको दावी थियो ।
नेकपा एमाललेले तय गरेको मिशन ८४ को अभियानलाई सफल बनाउन आदीवासी जनजातीहरुको निर्णायक भूमिका रहेको उहाँले बताउनु भयो । त्यसका लागि एमालेलाई एकल बहुमत दिलाई प्रमुख राष्ट्रि शक्तिको रुपमा स्थापित गरेर राष्ट्रिय सत्तामा पुराउन अहिलेदेखि नै महत्वपूर्ण भुमीका खेल्नुपर्नेमा उहाँले जोड दिनु भयो । संगठनको सुद्धृढीकरणका निम्ति आदिवासी जनजातीहरुको आर्थिक तथा साँस्कृतिक अधिकारको संरक्षण र संबद्र्धनको यात्रालाई पनि जारी राख्नु पर्ने उहाँको भनाई थियो ।
केन्द्रीय उपाध्यक्ष थापाले एमालेले नयाँ खालको संस्कार र शैली स्थापित गर्नका लागि नयाँ गठबन्धनमा महत्वपूर्ण मन्त्रालयहरु नलिएको बताउनु भयो । सत्ता गठबन्धन नयाँ ढंगबाट अघि बढीरहेको भन्दै उहाँले सातवटै प्रदेशहरुमा चाँडै नै सरकार परिवर्तन हुने जानकारी दिनु भएको छ । सरकार परिवर्तनपछि स्थानीयतहदेखि प्रदेश र केन्द्रसम्म नयाँ नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदश्य भानुभक्त ढकालले एमाले सत्ता र पदका लागि भन्दा पनि राष्ट्रीय संकट समाधानका लागि नयाँ गठनन्धन गरेर सरकारका गएको बताउनु भयो । सनिबारदेखि शुरु भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल लुम्बिनी प्रदेशको दोश्रो अबिधेशनका लागि गुल्मीमा बाह्र जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।