१८ कार्तिक २०८१, आईतवार
गजल : भन्छौ अपांग तिमी मलाई, यहाँ देश अपांग भएको छ
गजल
बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ
भन्छौ अपांग तिमि मलाई, यहाँ देश अपांग भएको छ
खै कहाँ गए आज, लेक–बेशी धाउने ती पैतालाहरु
मुढा सरह ढलेको छ जिवन, यहाँ शेष अपांग भएको छ
मौलिकता बिलिन भए, बिदेशी सँस्कृतिको चलखेलमा
कहाँ गाडिए धर्म हाम्रो, यहाँ भाषा–भेष अपांग भएको छ
आकाशिदो महङ्गी र घुसखोरी,
बरोजगारीको खाल्डो यो
स्विजरल्यान्ड बनाउछु भन्ने, यहाँ मावो–काङ्ग्रेस अपांग भएको छ
खै कसरी बिस्वास गरुँ र म, तिम्रा ती वाचा कसमहरु
प्रेमिल पुस्तक छाप्ने हेर, यहा प्रेस अपांग भएको छ
बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ
भन्छौ अपांग तिमि मलाई, यहाँ देश अपांग भएको छ”
गङ्गा पन्थी
पुर्कोट गुल्मी