गजल : म आफै हारेको हुँ उस्को जित बनाएर

admin

२०८० चैत्र ३ गते, शनिबार ०७:०५ मा प्रकाशित

गजल

मलाई शोषित लज्जित पीडित बनाएरम

म आफै हारेको हुँ उस्को जित बनाएर

 

बाबाले मलाई काखमा राख्न नपाउदै

प्रदेश गएका हुन अकल्पित बनाएर

 

को हुनु र त्यो मान्छे पहिलेका गोठालो

अहिले सांसद बन्नु भो अचम्मित बनाएर

 

म अपांग हुँ अपांग भत्ता पाउँछु कहिले

सबै अरुले लिन्छ यहाँ बन्चित बनाएर

 

तिम्रो दिलमा बस्दा धेरै अपराध गरिएछु

कठ्घरामा उभिन्छु सत्य साबित बनाएर