२४ आश्विन २०८१, बिहीबार
गजल : म आफै हारेको हुँ उस्को जित बनाएर
✍️✍️गजल
मलाई शोषित लज्जित पीडित बनाएर
म आफै हारेको हुँ उस्को जित बनाएर
बाबाले मलाई काखमा राख्न नपाउदै
प्रदेश गएका हुन अकल्पित बनाएर
को हुनु र त्यो मान्छे पहिलेका गोठालो
अहिले सांसद बन्नु भो अचम्मित बनाएर
म अपांग हुँ अपांग भत्ता पाउँछु कहिले
सबै अरुले लिन्छ यहाँ बन्चित बनाएर
तिम्रो दिलमा बस्दा धेरै अपराध गरिएछु
कठ्घरामा उभिन्छु सत्य साबित बनाएर