गुल्मीदरबारमा महिला शसक्तिकरणका लागि नेतृत्व विकास तालिम

admin

२०८० चैत्र २० गते, मंगलवार १९:४८ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, चैत २० । गल्मीको गुल्मीदरवार गाउँपालिकाको आयोजनामा महिला नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । चैत १८ देखी २० गतेसम्म संचालन भएको उक्त तालिममा सकारात्मक सोंच, समुदायमा नेतृत्व विकास गर्ने तरिका, समूह गठन र बिकास तथा उद्घोषणका बिविध बिषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको समापन गर्दै गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले तालिममा सिकेका कुरालाई व्याबहारमा लागु गरेर जीवनलाई उर्जाशिल बनाउन सहभागिलाई आग्रह गर्नु भएको थियो । उहाँले आफुहरुले महिलाहरुको नेतृत्व विकास गर्न थुप्रै सामाजिक एवं राजनैतिक बिकासको क्षेत्रमा धेरै काम गर्दै आईरहेको भन्दै आगामी दिनमा पनि पालिकाले सृजनात्मक तथा रचनात्मक काम गर्दै जाने बताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजीब पन्थीले पद र प्रतिष्ठा मात्र ठुलो कुरा नभएर अभिव्यक्ति कला थप महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी परियार, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल एवं सहभागीको तर्फबाट हुमकला सुनार र लक्ष्मी गौतमले आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा बरिष्ट पत्रकार जनार्दन घिमिरे एवं नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सहजिकरण गर्नु भएको थियो । सहभागीहरुलाइ प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष तरा थापा एवं प्रमुख प्रशासकीय अधिकृत राजिब पन्थीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । तीन दिनसम्म संचालन भएको उक्त तालिममा गुल्मीदरवार गाउँपालिका ३ का वडाध्यक्ष राम बहादुर थापाको अध्यक्षता र सहभागि प्रशिक्षार्थी शान्ता पन्थी शर्माको संचालन रहेको थियो ।