२३ भाद्र २०८१, आईतवार
गुल्मीमा भेटियो दुर्लभ प्रजातिको राज गोभन सर्प
जनार्दन घिमिरे
गुल्मी, चैत २८ । गुल्मीमा दुर्लभ प्रजातिको राज गोभन (किङ कोब्रा) सर्प फेला परेको छ । जिल्लाकोे सत्यवती गाउँपालिका –६ अन्र्तगत जोहाङ् खैरेनीमा उक्त सर्प फेला परेको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत पंकज कुमार ठाकुरले जानकारी दिनु भएको छ ।
जोहाङ् खैरेनी स्थीत स्थानीय पुष्पा श्रेष्ठको किराना पसलभित्र कोठाको कुनामा गुजुल्टीएर बसेको अबस्थामा अचाजक उक्त सर्प भेटिएको हो । करिब सात किलो तौल रहेको सर्पको लम्बाई तीन मिटर रहेको बताईएको छ ।
सर्प भेटीएपछि स्थानीयले डिभिजन वन कार्यालय गुल्मीमा तत्कालै खबर गरेका थिए । भेटीएको उक्त सर्पलाई पाल्पाबाट आएका सर्प उद्धारकर्ता सागर पाण्डेले सकुशल उद्धार गर्नु भएको हो । पछिल्लो समयमा गर्मी मौशसमा स्थानीय जङ्गलहरुमा दिनहुँ आगलागिका घटनाहरु बढी रहेको हुँदा सुरक्षीत स्थानको खोजीमा उक्त सर्प त्यहाँ आईपुगेको हुनसक्ने बताईएको छ ।
उद्धार गरिएको सर्पलाई सुरक्षीत स्थानमा लगेर छाडिएको कालीगण्डकी‐चन्द्रकोट सव डिभिजन वन कार्यालयका वन रक्षक नारायण थारुले जानकारी गराउनु भएको छ । गत तीन वर्ष अघि गुल्मीको इस्मा गाउँपालिका अन्र्तगत हस्तिचौरको पालुखामा पनि यस्तै प्रजातिको सर्प फेला परेको थियो ।