आगो निभाउने क्रममा गुल्मीमा एक जनाको मृत्यु

admin

२०८१ बैशाख ३ गते, सोमबार १७:५३ मा प्रकाशित

गुल्मी, वैशाख ३ । आगो निभाउने क्रममा गुल्मीमा एक जनाको ज्यान गएको । जिल्लाको मुसिकोट नगरपालिका ‐१ का ५८ वर्षीय महले घर्तिको स्थानीय सल्लाघारिमा लागेको आगो निभाउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनु भएको छ ।

सोमबार दिउसो पौदिअमराई स्थीत सर्बोदय माध्यमिक विद्यालयको सल्लाघारीमा लागेको आगो निभाउन गएको अबस्थामा अचानक आगोको लप्को आएपछि भाग्ने क्रममा अचानक भीरबाट लडेको प्रहरीले जनाएको छ । भीरबाट लडेर शक्त घाईते हुनुभएका घर्तिको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा उहाँको ज्यान गएको प्रहरी उपरिक्षक भुजेलले बताउनु भयो ।

आगोको लप्का आएपछि भाग्ने क्रममा भीरवाट लड्नु भएका सोही ठाउँका ५२ बर्षीय रेशम थापा भने भीरमा खरको गाँज समातेर बाँच्न सफल हुनुभएको थियो । थापाको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ । उहाँको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो दुइ सातादेखि आगलागिका घटनाहरु बढ्दै गएका छन । आगलागिबाट दुइ साताको अवधिमा सामुदायीक वनमा मात्र दुइ सय हेक्टर भन्दा बढी क्षेत्र डढेलोले नष्ट गरिसकेको छ ।