२४ आश्विन २०८१, बिहीबार
गुल्मीको सत्यवतिमा मलामी बोकेको जीप दुर्घटना एक जनाको मृत्यु १२ घाइते
गुल्मी, बैशाख १६ । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
लिम्घाको मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणी बाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जीप दुर्घटना हुँदा स्थानीय ७५ बर्षीय मन बहादुर फुम्जालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनु भअको छ। गाडीको ब्रेक फेल भएर सडकदेखि ४० मिटर तल खसेको थियो ।
दुर्घटनामा सत्यवति ५ का ३१ बर्षका कृष्ण
थापा, वडा नं ४ का ३५ बर्षका यस बहादुर बुढाथोकी, ४० बर्षका खेमु श्रीस, ६० बर्षका दुर्गा बहादुर राना, ३१ बर्षका भुपेन्द्रदेव खप्तरी थापा, ५३ बर्षका पदम बहादुर बुढाथोकी, ३१ बर्षका भरत बुढाथोकी, २६ बर्षका मिलन राना, २६ बर्षका ठग बहादुर बुढाथोकी, ३४ बर्षका घनश्याम बुढाथोकी, ५६ बर्षको चिन बहादुर राना र चालक २९ बर्षका शंकर बिक घाइते भएको प्रहरी नायव उपरीक्षक पोख्रलले जानकारी दिनुभएको छ । घाइतेहरूको शरिरका विभिन्न भागमा चोट लागेको छ । घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।