२४ आश्विन २०८१, बिहीबार
अग्नी नियन्त्रणमा खट्ने कर्मचारी सम्मानित
गुल्मी, वैशाख २५ । गुल्मीमा आगलागी नियन्त्रणमा खटिने दमकल चालकलाई सम्मान गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले आगलागी नियन्त्रणमा खटने दमकल चालक कमल पन्थी सहितका कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको हो ।
नगर स्थापना दिवशको अवसरमा नगरप्रमुख खिलध्वज पन्थी र सांसद डाक्टर चन्द्र भण्डारीले दमकल चालक पन्थीलाई नगद २० हजार र सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो । सोही अवशरमा आगलागि नियन्त्रणमा खटिने प्रेम बहादुर मगर, बसन्त बस्नेत, जीवन पाण्डे र कृष्ण बहादुर थापालाई नगद १० हजार रुपैंया सहित सम्मान गरिएको छ । ्
जिल्लाका १२ स्थानीय तह मध्य रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल रहेको छ । रेसुङ्गाको दमकलले आफ्नो नगरपालिका सहित गुल्मीदरबार, इस्मा, छत्रकोट, धुर्कोट लगायतका स्थानीय तहमा पुगेर आगलागी नियन्त्रण गर्दै आइएको छ । रेसुङ्गाको दमकल छिमेकी पालिकामा पुगेर आगलागी र ठूलो जनधनको क्षती हुनबाट जोगाएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनु भयो ।
जिल्लामा तीन साताको अबधिमा आगलागीेका कारण एक सय ५० भन्दा बढी घरगोठ जलेर नष्ट हुनुका साथै तीन हजार हेक्टर भन्दा बढी बन क्षेत्र डढेलोका कारण जलेर नष्ट भएको छ ।