रेसुंगामा लायन्सको क्वाविनेट बैठक

admin

२०८१ जेष्ठ ६ गते, आईतवार १४:२८ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, जेठ ५ । गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा लायन्सको क्याविनेट बैठक सम्पन्न भएको छ । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एममा आवद्ध देशभरका लायन्सकर्मीहरुको उपस्थितिमा रेसुंगामा चौंथो क्याविनेट बैठकको आयोजना गरिएको हो।

 

क्याबिनेट बैठकको आयोजनाले समग्र जिल्ला र रेसुंगाको प्रचार प्रसारकालागि ऐतिहासिक र निकै उपलब्धिमुलक रहेको लायन्स क्लव अफ गुल्मी तम्घासका अध्यक्ष इस्वरी कॅडेलले बताउनु भयो । कार्यक्रम आफुहरुले सोँचेभन्दा धेरै उपलब्धिपुर्ण रहेको लायन्स क्लव अफ गुल्मी तम्घासका उपाध्यक्ष तथा कार्यक्रम संयोजक होम बहादुर पल्लीले बताउनु भयो।

क्याविनेट बैठकको लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले उद्घधाटन गर्नु भएको थियो । उहाले

कार्यक्रमले देशभर रेसुंगाको प्रचार गरेर पर्यटन प्रर्वद्धनमा टेवा पुराएको प्रमुख अतिथि पन्थीले बताउनु भयो ।

शनिबार बिहान तम्घासमा निकालिएको प्रभातफेरि र रेसुंगा क्षेत्रमा पुगेका विभिन्न जिल्लाका पर्यटकको आगमनका कारण लायन्सको क्याविनेट वैठकको जिल्लामा यतिबेला चौतर्फी प्रसंसा गरिएको छ । रेसुंगामा देशभरका यति धेरै मान्छेहरु भेला भएको उक्त कार्यक्रममा संभवत जिल्लाकै ठुलो र नमुना कार्यक्रम हो ।

रेसुंगाको यो उपस्थितीले रेसुंगासहित सिंगो जिल्लाको लागि ठूलो अवसर हुन सक्क्ने लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एमका प्रमुख गर्भनर भिम पौड्यालले बताउनु भयो । उहॅाले संस्थाको गतिविधीहरुको बारेमा प्रकाश पार्दै पोखरा काठमाण्डौमा हुने कार्यक्रम आफ्नै जिल्लामा निकै भव्य रुपमा सम्पन्न गर्न सकेकोमा व्यावस्थापकीय क्लवहरुलाई धन्यवाद समेत दिनु भयो ।

कार्यक्रममा रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले गुल्मीको संमृद्धि र विकासको लागि जाउ हिड रेसुंगाको अभियानलाई सफल बनउन लायन्सको क्याबिनेट बैठक रेसुंगामा राखेर महत्वपुर्ण सहयोग गरेकोमा आयोजक संस्था लायन्सलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एमका विभिन्न तहका पदाधिकारी लगायतले भनाई राख्नु भएको थियो।