गुल्मीदरबार पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका 

admin

२०८१ जेष्ठ २६ गते, शनिबार १५:१५ मा प्रकाशित

     गुल्मी, २६ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकालाइ पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाले पूर्ण पोषणमैत्री गाउँपालिका घोषणाका लागि पालिका अन्तरगत रहेका सबै स्वास्थ्य संस्थाले सूचक पार गरेका कारण गुल्मीदरबारलाइ पोषणमैत्री गाउॅरालिका घोषणा गरिएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले बताउनु भयो।

पालिकाले सबै वडाका स्वास्थ्य संस्थाहरूको निरन्तर अनुगमन एवं मुल्यांकन गरेर पोषणमैत्री गाउँपालिका घोषणाका लागि सिफारिस गरिएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी गराउनु भएको छ ।

गाउँपालिकाका स्वास्थ्य संस्थाबाट बालबालिकाको उपचार,गर्भवती महिलाको घरमा साङ्केतिक झण्डा, खानपिन , तोकिएको समयमा स्वास्थ्य जॅाच गरे नगरेको, आइरन र क्याल्सियम खाए नखाएको लगायतका सुचकांको आधारमा गरिएको अनुगमन र मुल्यांकनको आधारमा गाउँपालिकालाइ पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले पोषणमैत्री सुनिश्चित गाउॅपालिका घोषणासॅगै यसलाइ दिगोपना दिनका लागि सबैको सहयोग उत्तिकै अपरिहार्य हुने बताउनु भएको थियो । 
 कार्यक्रममा पालिकाका सात वटै वडाका स्वास्थ्य संस्थाहरुबाट पोषण सम्बन्धि सामग्रीको प्रदर्शन गरिनुका साथै स्वास्थ्य सम्बन्धि जनचेतनामूलक गीत र नृत्य प्रस्तुत गरिएको गाउॅपालिका उपाध्यक्ष तारा थापा ढेगाले जानकारी दिनुभएको छ ।