गुल्मीको उनाएचौर रहेको १३२ केभीको सव स्टेशन परिक्षण 

admin

२०८१ असार ४ गते, सोमबार १६:२१ मा प्रकाशित

अनिल खत्री

३ असार, गुल्मी । गुल्मी जिल्लाको उनाएचौर सवस्टेशन आज परिक्षण हुन लागेको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत सन्धिखर्क नगरपालिका वडानम्बर ६, फुदवाङ्गमा रहेको सन्धिखर्क सवस्टेशन देखी रेसुङ्गा नगरपालिका वडानम्बर ५, ६ र ७ को सिमानामा रहेको उनायचौर स्थित तम्घास सवस्टेशन विचको १३२ के।भी। प्रसारण लाईनमा परिक्षण हुन लागेको हो ।

आज १३२ के।भी। भोल्टेजमा विद्युत प्रवाह गरि परिक्षण गर्ने भएकोले परिक्षणको क्रममा सर्वसाधरणलाई १३२ के।भी। टावरमा नगईदिनु हुन, प्रसारण लाईनको तार मुनि सावधानी अपनाउन हुन तथा सो क्षेत्रमा घरेलु जनावर नचराउन सूचना मार्फत

अनुरोध गरेको छ । परिक्षण सफल भए पश्चात सो प्रसारण लाईनवाट नियमित रुपमा १३२ के।भी। भोल्टेजमा विद्युत प्रवाह हुने बुर्तिबाङ पौदी(अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ के।भी। प्रसारण लाईन आयोजना, गुल्मीले जनाएको छ ।

गुल्मी जिल्लामा विद्युत प्रवाहलाई सहज बनाउन उनाएचौर र पौदीअमराइमा विद्युुु सवस्टेसन निर्माण भएको छ । हाल जिल्लामा बुटवलबाट ३३ केभीए मार्फत आइरहेको विद्युत विभिन्न कारणले छिनछिनमा आउने जाने समस्या हुने गरेको छ ।

पहाडी क्षेत्रमा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले १३२ केभीए बिस्तार गरिएको छ ।

केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दुरीमा बुटवलमा रहेको सव स्टेशनले गर्दा विभिन्न समस्याहरु देखा पर्दै गएकाले छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा विद्युत सव स्टेशन निर्माण भएको हो ।

सव स्टेशनको सिग्माकन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको थियो । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सव स्टेशन निर्माण भएको हो ।

कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ ।

गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सव स्टेशन निर्माणको काम तिब्र गतिमा भइरहेको छ । उनाएचौरबाट पौदीअमराईसम्म विद्युतका टावर निर्माण कार्य सकेर लाइन बिस्तारको काम भइरहेको उनाएचौर विद्युुु सव स्टेशनका स्टेर प्रमुख नारायण थापाले बताउन्ुभयो । नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची गुल्मी र बाग्लुङ जिल्लामा विद्युतलाई परपर्दे तरिकारले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सव–स्टेशनले विद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ ।

अर्को गुल्मीमा बुटवलमा रहेको सव स्टेशनबाट लामो दुरीमा विद्युत आउदा विभिन्न समस्या हुने कामको अत्य उनाएचौरको सव स्टेशनले गर्नेछ । अहिले लामो दुरिमा विद्युत वितरण हुँदा हुने समस्याको अन्त्य हुने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो ।

छिन छिनमा बत्तीजाने समस्याबाट आजित भएको गुल्मेलीहरुमा विद्युत सव स्टेशनको काम पुरा भएसंगै समस्याको हल हुने स्थानीयको आशा जगाएको छ ।