२४ आश्विन २०८१, बिहीबार
मालीकाका पहिरो पीडित परिवारलाइ संघ र प्रदेश सरकारबाट ११ लाख सहयोग
गुल्मी,असार १८ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थीत कँडेलपाटामा सनिबार पहिरोमापरि मृत्यु भएका भेषबहादुर बिकको परिबारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले मंगलबार संघिय सरकार र प्रदेश सरकारको विपद व्यवस्थापन कोषबाट प्राप्त ११ लाख रुपैंया राहत रकम मालिका गाउपालिका अध्यक्ष देबिराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल एवं वडाध्यक्ष दिपक भण्डारी सहित स्थानीयहरुको रोहबरमा मृतकका परिवारलाइ उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
राहत रकम हस्तान्तरण कार्यक्रमा बोल्दै मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले विपदको घडीमा पालिकावासीलाई धैर्य रहन आग्रह गर्दै पालिकाको तर्फवाट पीडत परिवारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सोकाकुल परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै संघ र प्रदेश सरकारकावाट उपलब्धहुने सबै प्रकारका
सुबिधाहरु उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।
गत सनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थीत कँडेलपाटामा मध्य रातमा अचानक घर माथिबाट गएको पहिरोले भेषबहादुर बिकको घर पहिरोले पुरिँदा उहाँ सहित उहाँकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनीहरू बिपना बिक र सपना बिकको घटना स्थलमै जयान गएको थियो । पहिरोका कारण उक्त ठाउँका स्थानीयहहरु पनि थप त्रास रहेका छन भने अन्य घरहरु पनि जोखिममा परेका छन ।