गुल्मीको चन्द्रकोटमा वडा भित्रका विभिन्न क्षेत्रका १०० जना नागरिकलाई सम्मान 

admin

२०८१ असार २३ गते, शनिबार ०६:४७ मा प्रकाशित

अनिल खत्री

२२ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले विभिन्न क्षेत्रका १०० जना नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाको वडानम्बर-१ दिब्रुङको आयोजनामा वडा भित्रका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई प्रोत्साहन स्वरुप सम्मान तथा पुरस्कार वितरण गरिएको वडानम्बर १ का वडाअध्यक्ष घनश्याम खरेलले बताउनुभयो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वम सेविकालाई बलाग्केट, करुवा सम्मान पत्रले सम्मान गरिएको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई नगद र प्रशंसा पत्र, राष्ट्रपति रनि शिल्ड प्रतियोगिताका जिल्ला र पालिकाका पदक प्राप्त विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको खरेलले बताउनुभयो ।

असल बुहारीको रुपमा देवा खराल, जमुना बि क र सुमित्रा खरेलाई सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षकमा रामप्रसाद अर्याल, डिलाराम खरेल शोभा कुमारी कार्की, नेत्र बहादुर बलाल, सृजना बलाल, साबित्रा पौडेल, उत्कृष्ट निर्माण ब्यावसायी, उत्कृष्ट एवंं समय अगाबै काम सम्पन्न गर्ने उपभोक्ता समितीलाई सम्मान गरिएको थियो ।

त्यस्तै समाजसेवी, उकृष्ट वडा कार्यालयका कर्मचारीामा राजन सुनार र सब ईन्जिनियर लिलबहादुर काला, उत्कृष्ट स्वास्थ्यकर्मी बिष्णु बहादुर थापा, वडाका विद्यालय एवं विभिन्न कार्यलायबाट अवकाश भएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको वडाअध्यक्ष खरेलले बताउनुभयो । सम्मानित सबैलाई पालिका अध्यक्ष युवराज खत्रीले सम्मान गर्नुभएको थियो ।

सम्मान गर्दै पालिका अध्यक्ष खत्रीले यस्ता खालका कार्यले गाउँ समाज र आफ्नो कार्य क्षेत्रमा राम्रो गर्नु पर्दछ भन्ने भावनाको विकास गर्ने बताउनुभयो । यस्ता कार्यक्रम निरन्तर हुदै गएमा नागरिकले पाउने सेवाप्रवाहमा पनि थप गुणस्तरीयता हुने खत्रीको भनाइ छ ।

सम्मान कार्यक्रममा जिल्ला स्थित विभित्र कार्यालयका प्रमुख तथा पालिका भित्रका कर्मचारी नागरिकको सहभागी रहेको थियो । वडाले कामको मूल्यांकन गरेर सम्मान गरेकोमा थप हौसला प्रदान गरेको वडा कार्यालयका कर्मचारी राजन सुनारले बताउनुभयो ।

यो सम्मानले आगामी दिनमा झनै राम्रो गर्नु पर्छ भन्ने उत्साह थपेको उहाँको भनाइ छ ।