२ चैत्र २०८१, आईतवार
गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मी, २२ असार । गुल्मीमा पहिरोमा पुरिएकी एक महिलालाई जीबितै उद्धार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ अन्र्तगत थोर्गाको ठाँटीमा सनिबार बिहान स्थानीय उजेली विकको घर पहिरोले पुरेको हो ।
पहिरोले पुरिएकी ४० वर्षीया उजेली बिकलाई स्थानीयहरुको सहयोगमा जीवितै उद्धार गर्न सफल भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनु भएको छ । सनिबार बिहान घर माथिवाट अचानक पहिरो जाँदा उजेलीको घर पहिरोले पुरेको थियो । पहिरोमा पुरिएकी विकलाई स्थानीयहरुद्वारा तत्कालै उद्धार गरिएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।
पहिरोमा परेकी विकको शरिर थिचिएको बताईएको छ । घाईतेलाई उपचारका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा लागिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।