रुद्रबेणी‐पूर्तिघाट सडक पाँच दिनपछि सञ्चालनमा आयो

admin

२०८१ असार २६ गते, मंगलवार १६:०५ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, असार २५ । वर्षाका कारण पहिरो गएपछि अबरुद्ध कालीगण्डकी करिडोर सडक पाँँच दिनपछि सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मीको रुद्रबेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरुमा बिहीबार राती पहिरो खसेपछि उक्त सडक अबरुद्ध बनेको थियो ।

उक्त सडक खण्ड अन्तरगत गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो स्थानीय कालीगण्डकी गाउँपालिका र कालीका कन्ट्रक्सनको सहयोगमा दुइ दिनसम्म सडकमा खसेको पहिरो हटाएपछि मात्र सडक सुचारु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोर सडक अन्तरगत गुल्मीको पुर्तिघाट खण्डसम्मको सडक खण्ड सञ्चालनमा आएपनि बाग्लुङ तर्फ जाने सडक भने पहिरोका कारण अझै अबरुद्ध बनेकोे छ । करिडोर सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका बिरामीहरुदेखि सर्वसाधारण थप समस्यामा परेका थिए ।

त्यसैगरि आईतबारदेखि अबरुद्ध बनेको मदनभण्डारी राजमार्ग अन्तरगत तम्घास‐रिडी सडक खण्ड मंगलबार बिहानदेखि पुर्ण रुपमा सञ्चालनमा आएको छ । उक्त सडक खण्डको गुल्मीदरबार गाउँपालिका ४स्थीत बिरबासमा सडक माथिबाट खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो । सडक सुचारु भएसँगै बिचबिचमा रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागि सकेका छन । बर्षाका कारण जिल्लाका अधिकांस ग्रामिण सडकहरुमा पनि पहिरोले क्षती पुराएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा बाढीपहिराकोे प्रकोपबाट जोगिन नागरिकहरुलाई सचेत हुन आग्रह गरेको छ । यदि कुनै समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्थानीय पालिका वा प्रशासनमा खबर गर्न समेत सबै नागरिकमा सूचना प्रबाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो ।