१८ कार्तिक २०८१, आईतवार
सार्वजनिक सुनुवाई मार्फत जनताका गुनासा सुन्दै छत्रकोट
गुल्मी, ३१ असार । गुल्मीको छत्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को अन्तिम सार्वजसनक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो चौमासिक अबधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बीर बहादुर पुनले पालिकाले आर्थिक वर्ष २०८०÷८१ को वित्तिय प्रगति अनुसार पुँजीगत विकास तर्फ ८७.९२ प्रतिशत वित्तिय प्रगति गरेको जानकारी गराउनु भएको थियो । उहाँले जिल्लाका अन्य पालिकाहरुको तुलनामा पँुजिगत तर्फ छत्रकोट पहिलो भएको दावी गर्नु भयो छ । उहाँले यस आर्थिक वर्ष अबधिसम्म भएगरेका विभिन्न कार्य प्रगति एवं खर्च बिबरणको बारेमा सेवाग्राहीलाई जानकारी गराउनु भएको थियो ।
उहाँले प्रस्तुत गर्नुभएको प्रगति बिबरण अनुसार गाउँपालिकामा बसाई सराई र सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएको । स्वास्थ्य, शिक्षा, कृषि, सडक एवं पुर्वाधार निर्माण, अपांगता, जेष्ठ नागरिक, महिलाता तथा वालवालीका, दलीत एवं जनजाती लगायतका क्षेत्रमा मुख्य प्राथमिकता दिएको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्ने सेवाग्राहीहरुले असारे विकासले निम्त्याउने समस्या, निर्माण व्यवसायीले समयमा काम नगर्दा स्थानीयमा परेको समस्या, सडक निर्माण कार्य अलपत्र, वाँदर, बनेल, दुम्सी लगायतका वन्यजन्तुले कृषकलाई पुराएको हैरानी, अनुगमनमा तेश्रो पक्षको अनुपस्थिति, संग्रालयलाई व्यवस्थीत गर्नु पर्ने लगायतका विषयमा जिज्ञासा एवं सुझावहरु राख्नु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुको जिज्ञासाहरु मेटाउँदै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले सबल, सक्षम, संमृद्ध पालिका निर्माणका लागि गाउँपालिकाका सबै क्षेत्रबाट सकरात्मक सहयोग अपेक्षा गरेको बताउनु भएको थियो । उहाँले अहिलेको वर्तमान जनप्रतिनिधि र कर्मचारीको टिम सकरात्मक सोंचका साथ समृद्धि पालिका बनाउने अभियानका साथ काममा लागि परेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले घरेलु हिंसा लगायतका घटनाहरुलाई कसैले पनि नलुकाई पालिकाको न्यायिक समितिमा जानकारी गराउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा सेवाग्राहीको तर्फबाट युगराज बस्याल, भुबन भुसाल, रामकृष्ण न्यौपाने, धातानन्द भण्डारी, रुक बहादुर राकसकोटी, श्यामलाल पन्त, कमल प्रसाद श्रेष्ठ, शेर बहादुर राकसकोटी लगायतका व्यक्तिहरुले दुई दर्जज भन्दा बढी जिज्ञासा राख्नु भएको थियो । गाउँपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम पालिकाका विषयगत शाखाका प्रमुखहरुले सेवाग्राहीबाट आएको गुनासाहरुको बारेमा स्पष्ट पार्नु भएको थियो ।