गुल्मीमा राहदानीबाट मात्रै बार्षिक ६ करोड भन्दा बढी राजस्व सङ्कलन 

admin

२०८१ श्रावण ३ गते, बिहीबार २०:४९ मा प्रकाशित

 

गुल्मी, साउन ३ । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०÷८१ मा राहदानीबाट मात्र ६ करोड भन्दा बढीको राजस्व सङ्कलन गरेको छ । कार्यालयले एक आर्थिक वर्षमा सम्पादित गरेका मुख्य मुख्य कार्य प्रगतिको बिबरण सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त जानकारी गराउनु भएको हो ।

कार्य सम्पादन मुल्याङ्कनको आधारमा आर्थिक२०७९÷८९ मा देश भरबाट पहिलो बनेको गुल्मी जिल्ला यस वर्ष पनि त्यसलाई पछ्याउने दिशामा अघि बढिरहेको छ । प्रमुख ज्जिा अधिकारी शर्माले जिल्ला स्थीत राजनैतीक दल एवं सञ्चारकर्मीहरुसँग कार्यालयबाट प्रदान गरिएको सेवा र सम्पादन गरिएका कामहरुको बारेमा जानकारी गराउनु भएको हो ।

कार्यालयमा राजस्वका अन्य शिर्षकहरु मध्य सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कल भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ६ करोड ३३ लाख रुपैंया राहदानीबाट सङ्कल गरिएको हो । गत आर्थिक वर्षमा राहदानीबाट ७ करोड भन्दा बढी रकम सङ्कल भएको थियो । कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा १२ हजार ४ सय ५० राहदानी वितरण गरेको जनाएको छ ।

   कार्यालयबाट आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८ वटा गैरआवासीय नागरिकता र १२ हजार दुइ सय ७३ राहदानी सिफारिस गरिएको छ । त्यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र बितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।

जिल्ला प्रशसनमा आर्थिक वर्ष २०८०÷०८१ मा २८ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फर्र्छौट भएका छन । त्यसैगरी ७८ वटा ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६ वटा संस्था, एक सय ७९ वटा संस्था नबिकरण, ७४ वटा हातहतियार नबिकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६ वटा खस आय बिबरण प्रमाणित गरिएको छ ।

प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, जेष्ठ नागरिक विश्राम स्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण,विपदमा तत्काल राहत बितरण, जेष्ठ नागरिक एवं अपाङ्गता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाह सम्बन्धी अभिमुखीकरण, लागु औषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।

नागरिकलाई सेवा प्रवाह गर्ने काममा जिल्ला प्रशासन कार्यालयले खेलेको भुमिका सह्रानीय रहेको भन्दै राजनैतीक दलका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । उहाँहरुले आउँदा दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।