२३ भाद्र २०८१, आईतवार
पनाहा खोलामा पक्की पुल निर्माण भएपछि पालुखा बासिमा खुसियाली
अनिल खत्री
१८ साउन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाको पनाहा खोलामा पक्की पुल निर्माण भएको छ । पाक्की पुल नहुदा वषौंदेखि सास्ती खेप्दै आएका यस भेगका नागरिकहरुलाई सहज भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ र इस्मा गाउँपालिकाको वडानम्बर–२ पालुखा जोड्ने गरि पनाहा खोलामा पक्की पुल निर्माण भएको हो । पक्की पुल नबन्दा वर्षातको समयमा इस्माको पालुखा लगायत जैसीथोक, धुर्कोट सम्म पुग्नका लागि जोखि मोल्नुपर्ने अवस्था रहेको थियो ।
अझै मुख्य समस्यामा पालुखा बासी परेका थिए । वर्षातको समयममा बिरामी तथा बृद्धहरुलाई जोखिम मोलेरै खोला तर्दा कैयौं सवारी साधानहरु डुबानमा पर्ने गरेका थिए ।
अहिले पनाघाट खोलामा पक्की पुल बनेसँगै यहाँका नागरिकहरुलाई वषौंदेखि खोलामा जोखि मोलेरै खोला तर्नुपर्ने बाध्यता अत्य भएको इस्मा गाउँपालिका वडानम्बर–२ पनाहाका टंकप्रसाद श्रेष्ठले बताउनुभयो । पक्की पुल नभएकै कारण कतिपय सवारी साधनहरु बगाउने तथा खोलामा जोखि मोलेरै तर्नुपर्ने अवस्थाको स्मरण गर्नुभयो ।
अहिले त्यो जोखिको अत्य भएपछि श्रेष्ठ खुसि ब्यक्त गर्नुभयो । सडक डिभिजन कार्यालय पाल्पा मार्फत २०७६ साल असोज १२ गते उक्त पुल निर्माणको सम्झौता भएको पाल्पा सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दुर्गाप्रसाद गौतमले बताउनुभयो ।
पुलको समयमै निर्माण हुन नसक्दा एक पटक म्याद थपेर ०८१ साल असार मसान्तमा पुल निर्माणको काम सम्पन्न भएको हो । ३५ मिटर लम्वाई रहेको पुलको ५ करोड ६ लाख ५ हजारको लागतमा महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले निर्माण गरेको हो ।
पुलको निर्माणको काम सम्पन्न भए पनि अझै ३९ लाख रकम बजेट अभावमा निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको इन्जिनियर गौतमको भनाइ छ । पुल निर्माण कार्य सम्पन्न भएर सवारीसाधनहरु सञ्चालनमा आएसँगै पालुखा बासिलाई वषौेंदेखिको समस्या समधान भएको इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो ।
उहाँले पक्की पुलको अभावमा वर्षातको समयमा बृद्ध र बिरामी नागरिकले अत्यन्तै समस्या झेल्नुपर्ने आवस्था रहेकोे बताउनुभयो ।