गुल्मी बार एशोसिएशनमा खनालको अध्यक्षमा नयाँ नेतृत्व

admin

२०८१ श्रावण १९ गते, शनिबार २१:०७ मा प्रकाशित

गुल्मी, १९ साउन । गुल्मी जिल्ला अदालत बार एशोसिएशनमा नयाँ नेतृत्व चयन गरिएको छ । अधिवक्ता गोपालप्रसाद खनालको अध्यक्षमा सनिबार निर्विरोध रुपमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

सदरमुकाम तम्घासमा शनिबार भएको निर्वाचनले अधिवक्ता खनाल सहित १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समिति संयोजक विष्णु बहादुर थापाले बताउनु भयो । नव निर्वाचित समितिको उपाध्यक्षमा अधिवक्ता देविराम भण्डारी, सचिवमा अधिवक्ता हरिप्रसाद अर्याल, सह–सचिवमा अधिवक्ता हीरा कुँवर र कोषाध्यक्षमा अधिवक्ता टुक बहादुर कुँवर रहनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा अधिवक्ताहरु चिरञ्जीवी शर्मा, गुणानिधि शर्मा, लक्ष्मण सापकोटा, गणेश श्रीपाली, भिमलाल न्यौपाने, बोमलाल भण्डारी, हरिप्रसाद पाण्डे, प्रवीण अधिकारी निर्वाचित भएको निर्वाचन समिति संयोजक थापाले जानकारी दिनुभयो । गुल्मी बारमा २८ जना अधिवक्ताहरु आबद्ध रहेका छन ।