पहिरोमा ज्यान गुमाएका परिवारलाइ ६ लाख रकम हस्तान्तरण

admin

२०८१ श्रावण २५ गते, शुक्रबार २१:११ मा प्रकाशित

गुल्मी, २५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा ‐१ स्थीत बिसौनामा मंगलबार पहिरोमापरि मृत्यु भएका बिक परिबारलाई राहत रहकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा गाउँमै पुगेर शुक्रबार मृतकका परिबारलाई ६ लाख रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले शुक्रबार संघिय सरकारको विपद व्यवस्थापन कोषबाट प्राप्त राहत रकम मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवन, उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, जिल्ला स्थीत सुरक्षा निकायका प्रमुखहरू सहित स्थानीयहरुको रोहबरमा मृतकका परिवारलाइ उक्त रकम हस्तान्तरण गरिएको हो

रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले शोकाकुल परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै संघीय सरकार र प्रदेश सरकारबाट उपलब्धहुने सबै प्रकारका सुबिधाहरु उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएको हो ।

राहत रकम हस्तान्तरण कार्यक्रमा बोल्दै मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवनले पालिकाबाट मृतकका परिवाराई किरिया खर्च वापतरु एक लाख उपलब्ध गराउने प्रतिद्धता व्यक्त गर्नु भयो। उहॅाले घाईतेहरुको सम्पुर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने भन्दै उपचारमा कुनै कमि नहुने बताउनु भयो । नगर प्रमुख खरेलले पीडित परिवारका लागि किरीयाबाट निस्केपछि पुर्नवासको व्यवस्था मिलाउने भन्दै विपदको घडीमा सबैलाई धैर्य रहन आग्रह गर्नु भयो ।

पहिरो पीडित परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय नगरपालिका, जिल्ला प्रहरी कार्यालय एवं गुल्मी उद्योग वाणिज्य संघवाट टेण्ड, त्रिपाल, लत्ताकपडा, खाद्यान्न लगायतका सामग्रिहरु उपलब्ध गराईसकिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । यस अघि गत असार १४ गते मालिका गाउँपालिका ‐६ स्थीत कँडेलपाटामा गएको पहिरोबाट मृत्यु भएका परिवारलाई पनि जिल्ला विपद व्यवस्थापन समिति गुल्मीबाट रु ११ लाख राहत रकम हस्तान्तरण गरिएको थियो । पहिरोका कारण उक्त ठाउॅका १५ घरपरिबार बिस्थापित बनेका छन् ।

पहिरोका कारण गुल्मीको मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा गरि यस पटक नौ जनाले ज्यान गुमाई सकेका छन । ज्यान गुमाउनेहरुमा सबै दलित समुदायका परिवार रहेका छन ।