२३ भाद्र २०८१, आईतवार
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
गुल्मी २६ साउन । गुल्मी चारपाला रूपन्देही सम्पर्क समाज रूपन्देहीले संस्कार युक्त खुसियाली पूर्ण जीवन एवम् तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका अन्तरगत चारपालाबाट रुपन्देहीलाई कर्मथलो बनाएर बसेका गुल्मेलीहरुको संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
समाजद्वारा शनिबार तिलोत्तमा नगरपालिका वडा नम्बर-३ ड्राइभरटोलमा आयोजना गरिएको कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक प्रशिक्षक ऋषि न्यौपानेले संस्कार युक्त खुसियाली पूर्ण जीवन, तनाव व्यवस्थापन र जीवन जिउने कलाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस अवसरमा प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै दिपा थापाले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको भन्दै खुसि व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताउनुभयो ।
संस्कार बदले संसार बद्लिन्छ भन्ने मुल मन्त्रका साथ कार्यक्रम गरिएको सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीले बताउनुभयो । उहॅाले समाजले समाजिक कार्यसँगै सकारात्मक सोंचको विकास र सकारात्मक सन्देशका लागि पनि कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।
सम्पर्क समाजमा जोडिएका सदस्यहरुलाई आध्यामिक क्षेत्रमा ज्ञान-ध्यानको माध्यमबाट आन्तरिक साधना नै आनन्दको मुहानहो भन्ने सन्देश प्रवाहका लागि पनि यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।
‘जसरी कस्तुरीले आफ्नै नाभीको सुगन्ध पनि थाहा नराएर सुगन्ध खोज्न अन्तै भौतारीय जस्तै हामीले पनि हामी भित्रको आनन्द बाहिर खोजी रहेको छौं । आनन्द शान्ति, सुख, हामी आफै भित्र खोज्ने अभ्यास गरौं।’ अध्यक्ष खत्रीले भन्नुभयो । ‘श्रावण महिनामा ध्यान साधनासँगै भगवान् शिवजीबाट जीवन जिउने कला पनि सिकौं । त्यो भनेको ध्यान हो । मानिस भौतिक साधनले कति पनि सुखी रहँदैन् । आफ्नो मनलाई स्वःनियन्त्रण गर्ने प्रमुख माध्यम नै ध्यान हो ।’ उहॅाको भनाई थियो ।
अध्यक्ष खत्रीका अनुसार यस संस्थामा १ सय ५० आजीवन सदस्यहरु आवद्ध रहेका छन। शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राख्दै संस्थाले स्थापना कालदेखि दुखी, पीडितहरुलाई सहयोग र विपदमा राहत उपलब्ध गराउँनुका साथै विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।
संस्थाले तीज मिलन कार्यक्रमको पनि आयोजना गर्न लागेको खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीको अध्यक्षता वडाअध्यक्ष कल्याण पौडेलको प्रमुख आतिथ्यता तथा मिरा कोषका अध्यक्ष हेमलाल भुसालको बिशेष आतिथ्यता रहेको थियो । संस्थाको तर्फबाट केशव भुसाल संयोजक रहनुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव विकास टण्डनले गर्नुभएको थियो ।