३ चैत्र २०८१, सोमबार
निजामती सेवा दिवसमा कर्मचारी सम्मान

गुल्मी, २० भदौ ।
गुल्मीमा विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाईएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले “व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन” भन्ने मूल नारा सहित २१ औं निजामती सेवा दिवस मनाएको छ ।
निजामती सेवा दिवसको अवसरमा कार्यालयमा शुभकामना आदानप्रदान, कार्यालय परिसर सरसफाइ, उत्कृष्ट कर्मचारी सम्मान सहित पुरस्कृत तथा पहिलो सेवाग्राही सम्मान लगायत कार्यक्रम सम्पन्न गरिएको निमित्त कार्यालय प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो । लामो समय देखि कम्प्युटर अप्रेटर पदमा रही सेवा गर्दै आउनुभएका नारायण पन्थीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय सञ्चालन, व्यवस्थापन, समन्वय, सहजिकरण, कर्मचारी तथा सेवाग्राही सन्तुष्टि समेतको आधारमा कार्यालयमा विगत लामो समय देखि कम्प्युटर अप्रेटर पदमा कार्यरत पन्थीलाई कार्यालयमा कार्यरत कर्मचारीहरुमध्येबाट उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरी नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको थियो । निमित्त कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।