२४ आश्विन २०८१, बिहीबार
दल त्याग गरेपछि वडा सदश्य नेपाली पद मुक्त
गुल्मी २७ भदौ । गुल्मीको छत्रकोट गाउँपािलका ५ की वडा सदश्य उर्मिला आचार्य नेपाली पदमुक्त बनेकी छन । निर्वाचन आयोगले आज बिहिबार दल त्याग गरी पद रिक्त भएको सुचना प्रकाशित गरेकोे हो ।
नेपाली गुल्मीको छत्रकोट गाउँपालिका ‐५ बाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट दलित महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाली गत चैत महिनामा २३ गते नेपाली काँग्रेस पार्टि परित्याग गरी नेकपा एमालेमा प्रबेश गर्नु भएको थियो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टि परित्याग गरेपछि काँग्रेस केन्द्रिय कार्यसमितिलाई उक्त विषयमा जानकारी गराएको थियो । वडा सदस्य उर्मिला आचार्य नेपाली अन्य दल प्रवेश गरेको भनी केन्द्रिय समितिको निर्णयको प्रतिलिपि सहित निर्वाचन आयोगमा पत्र पठाएको थियो । सोही पत्र बमोजिम निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) र (३) बमोजिम दलित महिला सदस्य पद स्वतः रिक्त हुने भन्दै सबैमा जानकारिका लागि सुचना प्रकाशन गरेको हो ।