२४ आश्विन २०८१, बिहीबार
गुल्मीदरबारमा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ
गुल्मी, १५ असोज । विश्व जेष्ठ नागरिक दिवसको अवसरमा गुल्मीदरबार गाउँपालिकाद्वारा ८० बर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । गाउँपालिका अध्यक्ष सरोज कुमार थापा सहित स्वास्थ्यकर्मीहरुको टोलीले वडा नं –३ निवासी १०२ वर्षीय जेष्ठ नागरिक डिलादेवी चुँदालीको घरमै पुगेर उहाँको स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको होे ।
कार्यक्रमको शुभारम्भ गर्दै गाउपालिका अध्यक्ष सरोज कुमार थापाले पालिकाले जेष्ठ नागरिकहरुलाई घरमै पुगेर सेवा प्रदान गर्ने उद्देश्य अनुरुप दिवशको अवशर पारेर स्वास्थ्य परिक्षण गर्नुका साथै बृद्धवृद्धाहरुको आर्शिवाद लिने अवशर प्राप्त भएको बताउनु भयो । उहाँले जेष्ठ नागरिकहरुलाई फलफूल समेत वितरण गर्नु भएको थियो ।
जेष्ठ नागरिक दिवशको अवशरमा शुभारम्भ गरिएको गुल्मीदरबार गाउँपालिकाको घर घरमा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम असोज र कार्तिक महिनाभर निरन्तर रुपमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले आउँदो कात्तिक मसान्तसम्म गाउपालिका भित्र ८० बर्षदेखि माथिका सम्पुर्ण जेष्ठ नागरिकहरु र क र ख बर्गका अशक्त अपाङ्गता भएका व्यक्तिहरुको घरघरमा पुगेर स्वास्थ्य परिक्षण, उपचार लगायतका स्वास्थ्य सेवा प्रबाह गर्ने कार्यक्रम रहेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढँेगा, प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरे, प्रबक्ता शालिकराम टन्डन, वडाध्यक्षहरु मुकेश थापा, राजेन्द्र प्रसाद कँडेल, राम बहादुर थापा लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।