८ बैशाख २०८२, सोमबार
गुल्मी प्रहरीद्वारा अबैध घरेलु मदिरा नष्ट

टोपलाल अर्याल / गुल्मी, ४ कार्तिक
जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलिले ठुलो परिणाममा अबैध मदिरा तथा कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ । प्रहरीले रेसुङा नगरपालिकाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ छ सय ५५ लिटर, तयारी मदिरा एक सय ६२ लिटर र मोर्चा छ किलो बरामद गरेको थियो । अबैध घरेलु मदिरा उत्पादन गरेर बिक्रीवितरण गरेको स्थानीयको गुनासोको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राम कुमार केसीले जानकारी दिए । उनले मदिराले शारीरिक तथा मानसिक रुपमा र समाजमा समेत ठुलो असर पर्ने भएकाले स्थानीयकै गुनासोको आधारमा मदिरा नियन्त्रण गरिएको बताए । बरामद गरिएको मदिरा र कच्चापदार्थलाई सरोकारवालाको उपस्थितिमा रेसुङा नगरपालिका-७ को डम्पिङ साइडमा ब्याबस्थापन गरिएको प्रहरीले जनाएको छ ।