रेसुङ्गा नगरपालिकाद्वारा फ्रान्सेली पर्यटकहरुलाई स्वागत

admin

२०८१ कार्तिक २१ गते, बुधबार १८:२७ मा प्रकाशित

गुल्मी, कात्तिक २१ । नेपाल भ्रमणको क्रममा बुधबार बिहान नेपाल एरलायन्सको टुइनेटर जहाज मार्फत गुल्मीको रेसुङ्गा बिमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकहरु गुल्मीको प्राकृतिक सौन्दर्यता देखेर निकै खुसि बनेका छन । गुल्मीको मदाने गाउँपालिका अन्र्तगत अरबिन्द्र आश्रमका गुरु रामचन्द्र दासको संयोजनमा १२ जना फ्रान्सेली पर्यटकहरु योग साधनासँगै गुल्मीको पर्यटकीय क्षेत्रको भ्रमणका लागि अरबिन्द्र आश्रम आईपुगेका हुन ।

जिल्लामा यति ठूलो संख्यामा एकै पटक आएका पर्यटकहरुलाई रेसुङ्गा नगरपालिकाले बिमानस्थलमै पुगेर जाउँ हिड रेसुङ्गा अभियान अन्र्तगत टोपी लगाएर स्वागत गरेको थियो । नगरपालिकाको तर्फबाट उपप्रमुख अमृतादेबी कुँवरले पर्यटकहरुलाई नगरमा स्वागत गर्दै जिल्लाको महत्वपुर्ण पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पर्यटकहरुलाई रेसुङ्गा क्षेत्रको भ्रमण गराई त्यस क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्यसँगै जाउँ हिड रेसुङ्गा अभियानको बारेमा जानकारी गराउनु भयोे ।

भ्रमणमा आएका फ्रान्सेली नागरिक आबेल र कृस्तिनले आफुहरुलाई गुल्मी जिल्ला निकै सुन्दर लागेको भन्दै यहाँका डाँडापाखा र वनजङ्गल सहितकोे प्राकृतिक सौन्दर्यता र संस्कारलाई बचाई राख्न आग्रह गर्नु भयो । विदेशमा ठूला शहर देखेको हुँदा यहाँ आफुहरु यहाँको बिविध प्राकृतिक सौन्दर्यतासँगै स्थानीय कला र संस्कृति हेर्न आएको उहाँहरुको भनाई थियो । उहाँहरुले यसरी राम्रोसँग आतिथ्यता प्रदान गरि रेसुङ्गा क्षेत्रको भ्रमण गराएकोमा नगरपालिकालाई धन्यवाद समेत दिनुभएको छ ।

एक महिनाको भ्रमणमा नेपाल आएका फ्रान्सेली पर्यटकहरु गुल्मीको मदाने गाउँपालिका अन्र्तगत सिर्सेनीमा रहेको अरबिन्द्र आश्रममा एक साता बस्ने कार्यक्रम रहेको छ । त्यहाँ बस्दा उहाँहरुले योग साधना गर्ने र त्यसपछि पाल्पा, पोखरा र बन्दिपुरहुँदै काठमाण्डौ फर्कने कार्यक्रम रहेको आश्रमका सञ्चालक रामचन्द्र दासले जानकारी दिनुभएको छ ।

आश्रममा योग साधनाका लागि फ्रान्स र जर्मनीका नागरिकहरु आउने गरेको उहाँले बताउनु भयो । योग साधनाका लागि आएको अवशरमा विदेशी पर्यटकहरु यस अघि पनि जिल्लाको पर्यटकी क्षेत्र रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा लगायत ठाउँहरुको भ्रमण गर्ने गर्दछन ।

प्छिल्लो समयमा जिल्लामा हवाई सेवाको पहुँच भएपछि आन्तरिक एवं पाह्य पर्यटकहरुको आवागमन हुन थालेको छ । तर केही समयदेखि रिडी तम्घास सडखण्डको बिग्रदो अबस्था, सुबिधायुक्त होटलहरुको अभाव र नियमित रुपमा हवाई उडान नहुँदा जिल्लामा साँेचे अनुसार पर्यटन प्रर्वद्धन हुन भने अझै सकेको छैन ।