२४ मंसिर २०८१, सोमबार
गुल्मीमा मोटरसाइकल मेकानिकल तालिम दिनु सुरु
अनिल खत्री
१ मंसिर, गुल्मी । गुल्मीमा ग्रामीणक्षेत्रमा मोटरसाइकल मर्मत मेकानिकल तालिम दिनु सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा मालिका गाउँपालिकाको वडानम्बर–२ दर्लिङमा मा मालिकाका वडानम्बर १,२ र ३ का २५ जना बेरोजगार युवाहरुलाई तालिम दिन थालिएको हो ।
तालिमको मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले शुभारम्भ गरेका हुन् । बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उदेश्यले तीन महिने तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए ।
३९० घण्टे मेकानिक तालिमका सहभागीहरूलाई सिटीइभिटीई लेवल १ को सीप परीक्षण गराउने तथा प्रविधि हस्तान्तरण समेत को व्यवस्था रहेको अर्यालले बताए । पछिल्लो समय ग्रामीणभेगका मोटरसाइकल मोटरसाइकल मेकानिक अभावमा शहरबजारमै मर्मत गर्न लैजानुपर्ने अवस्था रहेको छ ।
तालिमले ग्रामीण भेगमै तालिम लिएर आफनै गाउँठाउमा स्वरोजगार बनाउन मद्दत गर्ने उदेश्य घरेलु तथा साना उद्योग कार्यालयले लिएको छ ।