२४ मंसिर २०८१, सोमबार
सार्वजनिक बिदाको दिन पनि गुल्मी अस्पतालमा सेवा सुचारु
अनिल खत्री
३ मंसिर, गुल्मी । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सम्मान स्वरुप आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर कार्यालय खुल्ने केही समय अगाडि मात्रै सार्वजनिक बिदा दिदा नागरिकले भने सास्ती खेप्नु परेको छ ।
गुल्मीका धेरै जसो सरकारी कार्यालयले सेवा बन्द गरेपनि गुल्मी अस्पतालले भने सार्वजनिक बिदाको दिन पनि सेवाप्रवाह सूचारु गरेको छ । सार्वजनिक विदाको जानकारी ढिलो आएपछि सेवाग्रहीको अत्यधिक चाप भएपछि अस्पतालले सेवा दिएको गुल्मी अस्पतालले जनाएको छ ।
गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपिडी सेवा सुरु गरिएको छ । जसले गर्दा पनि सेवाग्रही बिहानैदेखि लाइनमा बस्ने गर्दछन् ।
अस्पतालमा बिरामीको चाप र दिउँसो गाउँगाउँमा पुग्ने सवारीहर छुटने भन्दै सेवाग्रही आत्तिने हुँदा केहि अघिबाट बिहान ९ बजेबाट सेवा दिन सुरु भएको गरिएको छ । सरकारी अस्पतालमा बिहान १० बजेपछि मात्रै ओपिडी सेवा सुरु गर्ने गरिन्छ ।
भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ ।
०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।