२४ मंसिर २०८१, सोमबार
गुल्मीमा सडक वालीका बलात्कृत , आरोपित १८ वर्षे युवक १० दिनपछि प्रकाउ
गुल्मी, १३ मंसिर । गुल्मीको सदरमुकाम तम्घासमा सडकवालीका बलात्कृत भएकी छन् । जिल्लाको मालिका गाउँपालिका–४ अर्खबाङ्का १८ वर्षीय मदन भनिने छबबहादुर घर्तीद्वारा १२ वर्षीय वालीका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सदरमुकम तम्घासमा लामो समयदेखि सडकमा माग्दै हिड्ने वालीकालाई घटनाको आरोपी घर्तीले ललाईफकाई स्थानीय एक होटलमा लगेर पैसाको प्रलोभन देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ । वालीकालाई बलत्कार गरेपछि फरार बनेका घर्तीलाई प्रहरीले वालीकाका आफन्तको जाहेरीका आधारमा दश दिनपछि पक्राउ गरेको हो ।
यही मङसिर २ गते उक्त घटना भएपनि वालीकाको स्वास्थ्य अबस्था बिग्रिदै जान थालेपछि मात्र आफन्तहरुले प्रहरीमा ढिलो गरि निवेदन गरेका थिए । पक्राउ परेका घटनाका आरोपी घर्तीलाई अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभएको छ ।
उक्त वालीकाका वावुआमा भएपनि अभिभावकत्वको संरक्षणको अभावमा साथीहरुसँग दिनभर सदरमुकाम तम्घास बजारमा सडकमा माग्दै हिड्ने गर्दथिन । घटनाको बारेमा थप अनुषन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनु भयो । पछिल्लो समयमा सदरमुकाम तम्घास बजारमा माग्दै हिड्ने सडक वालवालीकाहरुको संख्या बढ्दै जान थालेको छ ।