गुल्मी अस्पताललाई ब्लाङकेट हस्तान्तरण 

admin

२०८१ मंसिर २० गते, बिहीबार २०:०३ मा प्रकाशित

गुल्मी, २० मंसिर, ः गुल्मी अस्पतालमा रहेका बिरामीहरुको सहजताका लागि ब्लाङ्केट हस्तान्तरण गरिएको छ । ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ सामाजिक सञ्जाल मार्फत रेडियो रेसुंगा प्रा.लि.का स्टेशन म्यानेजर अनिता खत्रीले सहयोगका लागि आव्हान गर्नुभएको थियो ।

सोही सूचनाका आधारमा वैदेशिक रोजगारीको सिलसिलाको क्रममा जिल्लाको इश्मा गाउँपालिका घर भएर अहिले भारतको मुम्बईमा कार्यरत कुल बहादुर खत्री र जिल्लाको मुसिकोट नगरपालिका पौदी अमराई घर भएर हाल पपुवा न्युगिनीमा रहनुभएका अशोक गौतमले ६ थान ब्लाङ्केट सहयोग गर्नुभएको थियो ।

उक्त ब्लाङ्केट बिहिबार खत्रीले गुल्मी अस्पतालकी इन्डोर इन्चार्ज मुना थापालाई हस्तान्तरण गर्नुभएको छ । यसका लागि सहजीकरण गर्ने रेडियो रेसुंगाका स्टेशन म्यानेजर खत्री र सहयोग गर्ने कुलबहादुर खत्री र अशोक गौतमलाई अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।