सामाजिक उत्तरदायित्व बहन गर्दै जन्मदिन मनाउने क्रम बढदै

admin

२०८१ पुष ३ गते, बुधबार १३:१६ मा प्रकाशित

गुल्मी पुस ३,

पछिल्लो समय सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो जन्मदिन मनाउने परम्परा बढ्न थालेको छ। । रेसुङ्गा नगरपालिका वार्ड नं ८ निवासी शारदा पाण्डेले आफ्नो जन्मोत्सवको अवसर पारी उपल्लो तम्घासमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ। विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो।

सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा फेन्सी हाउस सञ्चालन गर्नुभएका गुल्मी उद्योग वाणिज्य सङ्घका सचिव चेतनारायण पाण्डेले योभन्दा अगाडि पनि विपदमा परेका बेला कपडाहरू वितरण गर्नुभएको थियो। रेसुङ्गा नगरपालिका वार्ड नं ८ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले जन्मोत्सवको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थी लाई न्यानो कपडा वितरण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो