मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्वारा प्रशासनलाई फर्निचर सहयोग 

admin

२०८१ पुष ३ गते, बुधबार १८:०४ मा प्रकाशित

फाउण्डेसनद्वारा प्रशासनलाई फर्निचर सहयोग

जनार्दन घिमिरे

गुल्मी, ३ पुस । समाजमा एउटा पुरानो उक्ति छ ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन हुँदैन’ भन्ने । तर समयको परिवर्तनसँगै उक्त यतिबेला बिस्तारै बदलीएको छ । गुल्मीका समाजसेवी एवं मनकारी सामाजिक व्यक्तित्व मानबहादुर एण्ड मायादेवी फाउण्डेसनले उक्त पुरानो उक्तिलाई परिवर्तन गर्दै सामाजिक कार्यमा एउटा नयाँ सन्देश दिएको छ ।

मानबहादुर एण्ड मायादेवी फाउण्डेसनले जिल्लामा आइपरेका हरेक विपत्तिहरुमा सहयोग गर्दै आईरहेको छ । सोही सहयोग अन्तरगत फाउण्डेसनले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई फर्निचर सामग्री सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि मानबहादुर एण्ड मायादेवी फाउण्डेसन तम्घास गुल्मीले १२ थान बेञ्च सहयोग गरेको हो ।

फाउण्डेसनको तर्फबाट संस्थाका संस्थापक मानबहादुर श्रेष्ठले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई उक्त फर्निचर सामग्री हस्तान्तरण गर्नु भएको थियो । वर्षौैदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन आउने सेवा ग्राहीहरुको अत्याधिक चाँप बढ्दै गएसँगै बस्नका लागि वेञ्चको अभावमा भुँईमा बस्नु पर्ने बाध्यता थियो ।

कार्यालयमा दिनहुँहुने भीडभाडका कारण सेवा लिन आएका अति अशक्त, अपाङ्गता एवं ज्येष्ठ नागरिकहरुलाई चिसो भँुइमा बसेर सेवा लिनुपर्ने अबस्था थियो । त्यही अबस्थालाई मध्यनजर गर्दै कार्यालयको आग्रहमा संस्थाको तर्फबाट फर्निचर सामग्री सहयोग गरिएको मानबहादुर एण्ड मायादेवी फाउण्डेसन अध्यक्ष नगेन्द्रमान श्रेष्ठले बताउनु भयो ।

कार्यालयमा दिनहुँ आउने ज्येष्ठ नागरिकहरुले पाइरहेको कष्टपूर्ण अबस्था देखेपछि फाउण्डेसनका संरक्षक फाउण्डेसनको तर्फबाट उपलब्ध गराईएका काठबाट निर्मित बेञ्चमा एउटामा ८ जनासम्म बस्न मिल्ने गरि तयार गरिएको छ । मानबहादुर श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सेवागा्रहीहरुको सहजताको लागि फाउण्डेसनलाई गरिएको आग्रह स्वरुप एक लाख भन्दा बढी मुल्यका बेञ्चहरु कार्यालयलाई सहयोग गरेको भन्दै कार्यालयाको तर्फबाट हार्दिक आभार व्यक्त गर्नु भएको थियो । उहाँले पछिल्लो दुइ महिनादेखि राष्ट्रिय परिचयपत्र, राहदानी लगायत प्रशासन कार्यालयमा सेवा लिने आउने सेवाग्रहीलाई पालो कुर्ने क्रममा चिसो भुँइमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो ।

मानबहादुर एण्ड मायादेवी फाउण्डेसनले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिबिर, गुल्मी अस्पतालमा दुइ जना ल्याब टेक्नीसीयनका लागि दुइ वर्षसम्म संस्थाको थर्फबाट तलब भुक्तानीदेखि कोरोना महामारी एवं बाढी पहिरोमा समेत खाद्यन्न सामाग्रि जिल्लाको दजाकोट, इस्मा, सुर्यथुम लगायतका ठाउँमा आगोलागी पीडित परिवारलाई राहत सामग्री प्रदान गर्दै आएको मानबहादुर एण्ड मायादेवी फाउण्डेसनका सहयोगी जनक पन्थले जानकारी दिनुभएको छ ।

गुल्मीको सदरमुकाम तम्घास निवासी समाजसेवी मानबहादुर श्रेष्ठका छोराहरुले आफना बुवाआमाको नाममा फाउण्डेसन स्थापना गरेर जिल्लामा सामाजिक उत्तरदायीत्वको क्षेत्रमा महत्वपुर्ण काम गर्दैै आईरहनु भएको छ ।