कर्मचारी संगठन गुल्मीको अध्यक्षमा लालमणी भण्डारी चयन  

admin

२०८१ पुष २९ गते, सोमबार ०९:२६ मा प्रकाशित

अनिल खत्री

२८ पुस, गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको अध्यक्षमा लालमणी भण्डारी चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भएको नेपाल निजामति कर्मचारी संगठन गुल्मीको १२ औं जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा साबित्रा भण्डारी, प्रकाश घिमिरे, सचिव राजु अर्याल, सह–सचिव सन्तोष केसी र कोषाध्यक्षमा ज्ञान बहादुर कार्की चयन भएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले कर्मचरीहरु राष्ट्र सेवक भएकाले नम्र स्वाभावले सेवा प्रवाह गर्नु पर्नेमा जोड दिए ।

उनले नेता र कर्मचरीको राम्रो सम्बन्ध भएमात्रै देश विकासले गति लिने बताए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष दधिराम मरासिनीले संगठनले कर्मचारीको हकहितको बारेमा निरन्तर काम गरिरहेकोे बताए ।

 कर्मचारीले राष्ट्र निर्माणका खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे । सोहि कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं जिल्ला अधिवेशनबाट भुवन पन्थीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन भएको छ ।

जसको उपाध्यक्षमा उपाध्यक्ष खुप बहादुर खत्री, सचिब बोम अर्याल, कोषाध्यक्ष ज्ञानबहादुर कार्की, सह–सचिव नारायण पन्थी चयन भएका छन् । बाबुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती गठन समेत गठन भएको नेपाल निजामति कर्मचरी संगठन गुल्मीका निर्वतमान अध्यक्ष भीमलाल खनालले बताए ।

कार्यक्रममा हालै गुल्मीका १० पालिकामा गठित नेपाल निजामति कर्मचरी संगठन पालिका कमिटीका सबै पदाधिकारिहरुको सहभागितामा परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।

नवनिर्वाचित दुबै संगठनका अध्यक्षले संस्थाको हकहित र प्रगतिकालागि सधैं क्रियाशिल रहने बताएका थिए ।