घोर्ले माविको ६२ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

admin

२०८१ माघ २१ गते, सोमबार १७:०७ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, २१ माघ । गुल्मीको रेसुङ्गा नगरपालिका –१३ अन्र्तगत दुबिचौरमा रहेको घोर्ले माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ । विद्यालयले वार्षिकोत्सव, अभिभावक दिवश, सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रमको आयोजना गरि भव्य रुपमा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले जिल्लामा शैक्षीक क्षेत्रमा लामो ईतिहास बोकेको घोर्ले माध्यमिक विद्यालयले सधान र स्रोतको अभावमा पनि स्थानीय सामाजिक क्षेत्रका अगुवाहरुको पहलमा शैक्षीक क्षेत्रमा राम्रो प्रगित गरेको बताउनु भएको थियो । सोही कार्यक्रममा शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरे, वडाध्यक्ष हुमबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खुमबहादुर खत्री लगायतका व्यक्तिहरुले पछिल्लो समयमा गाउँमा बढ्दो बसाईसराईका कारण विद्यालयहरु रित्तिदै जान थालेको भन्दै विद्यार्थीहरुलाई टिकाई राख्न मुख्य समस्या र चुनौतीको विषय बन्दै गएको बताउनु भयो ।

वार्षिकोत्सवको अवशरमा विद्यालयका विशिष्ट सदस्य,आजिवन सदस्य, चन्दादाता, तथा सहयोगदाताहरु सहित उत्कृष्ट शिक्षक एवं शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । सोही अवशरमा विद्यालयले विभिन्न प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतीयहुने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक हिरासिंह सराङ्कोटीले बताउनु भयो ।

कार्यक्रममा प्रधानाध्यापक सराङ्कोटीले विद्यालयले गरेका विभिन्न रचनात्मक कामहरुको बारेमा जानकारी गराउँदै प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सवको अवशरमा विद्यार्थीहरुद्वारा विभिन्न साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।