नेपाली काँग्रेस गुल्मीद्वारा चैत २६ र २७ गते तेस्रो जिल्ला सम्मेलन 

admin

२०८१ चैत्र १७ गते, सोमबार ११:३० मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, १८ चैत । नेपाली काँग्रेस गुल्मीले यही चैत २६ र २७ गते तेस्रो जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनको नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरवहादुर देउवाले उद्घाटन गर्नुहुने नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभएको छ ।

नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन “जनआन्दोलन दिवस” को अवसर पारेर काँग्रेस गुल्मीले चैत २६ र २७ गते सदरमुकाम तम्घासमा तेस्रो जिल्ला सम्मेलनको आयोजना गर्न लागेको हो । नेपाली काँग्रेस गुल्मीले आज सोमबार पत्रकार सम्मेलन गरी जिल्ला सम्मेलनको लागि सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी गराएको छ ।

सम्मेलनको खुल्ला सत्र सदरमुकाम तम्घास स्थीत चिदीचौर खेल मैदानमा गरिने भएको छ । तेश्रो जिल्ला सम्मेलनमा पर्टी सभापति देउवासँगै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकास शर्मा र केन्द्रिय सदस्यहरु डा. चन्द्र भण्डारी एवं चन्द्र केसी लगायतका केन्द्रीय तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सचिव भगतसिंह खड्काले बताउनु भयो ।

सम्मेलनको पहिलो दिन खुल्ला सत्र र दोश्रो दिनको बन्द सत्र गरिने भएको छ । बन्द सत्रमा एक वर्षको अवधिमा पार्टीले गरेका गतिबिधिहरुको जानकारी र समीक्षाका साथै आगामी वर्षमा गरिने कामहरुको बारेमा छलफलसँगै नयाँ कार्य योजना बनाउने बताईएको छ । सम्मेलन सफल बनाउनका लागि नौं वटा उपसमितिहरु गठन गरि सकिएको प्रचार प्रसार समितिका संयोजक छवि पाण्डेले बताउनु भयो ।

सम्मेलनले संगठनलाई सुदृढ र चुस्त दुरुस्त बनाउनका साथै पार्टी कार्यकर्ताहरुलाई कसरी थप सशक्त एवं क्रियाशील बनाउने भन्ने विषयमा केन्द्रित रहने बताईएको छ । तेश्रो जिल्ला सम्मेलनमा जिल्ला भरबाट एक हजार ७४६ प्रतिनिधिहरुको सहभागिता रहनेछ । यो सम्मेलनले गुल्मी काँग्रेसमा नयाँ ऊर्जा प्रवाह हुने पार्टी सभापति पन्थीले बताउनु भयो ।