८ बैशाख २०८२, सोमबार
मुसिकोट नगरपालिकामा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान गठन

गुल्मी, १९ चैत । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा जिल्लाको मुसिकोट नगरपालिकामा मदनदीप घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । घिमिरे बन्धुहरुको वंश, कुल ंसंस्कृति र परम्पराको अध्ययन अनुषन्धान गर्दैै पारस्पारिक समन्वय, सद्भाव र सहयोग आदान प्रदान गर्ने उद्देश्यले नगरपालिकामा उक्त कार्यसमिति गठन गरिएको छ ।
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य आनन्दराम घिमिरेको प्रमुख आतिथ्यमा गठन गरिएको नयाँ कार्य समितिको उपाध्यक्षमा कल्पना घिमिरे र यम बहादुर घिमिरे, सचिवमा कृष्ण घिमिरे र कोषाध्यक्षमा बावुराम शर्मा घिमिरे रहेका छन । त्यसैगरी नव गठित समितिको सदस्यहरुमा कृष्ण हमाल घिमिरे, महेन्द्र घिमिरे, ज्ञानीस्वर घिमिरे, सावित्रा बिष्ट घिमिरे, पदम्पानी घिमिरे, बिन्दु घिमिरे, रामराज घिमिरे एवं सिता घिमिरे चयन हुनुभएको छ ।
मुसिकोट नगरपालिका २ स्थीत देउरालीमा बसेको घिमिरे बन्धुहरुका जेष्ठ सदस्य बिष्णु प्रसाद घिमिरेको अध्यक्षतामा बसेको बृहद भेलाले घिमिरेहरुको उद्गम स्थल गुल्मीलाई ७७ वटै जिल्लामा घिमिरेहरुको पहिचान स्थापित गराउने विषयमा व्यापक रुपमा छलफल आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, धुर्कोट गाउँपालिका युवा उद्यमी रबिन्द्र घिमिरे, मुसिकोट नगरपालिका –३ का जनप्रतिनिधि थम्मन बहादुर घिमिरे लगायतका व्यक्तिहरुले नेपालमा दश प्रतिशत जनसंख्या ओगटेको घिमिरे वंशमा एक आपसमा आपसी सदभाव र सहकार्यको आवश्यकता रहेको बताउनु भएको थियो ।
नवगठिन निर्वाचित समितिलाई बधाई दिंदै घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य आनन्दराम घिमिरे बन्धुको आपसी एकता र सद्भावले कुलपितृहरुको आर्शिवाद प्राप्त हुने भन्दै जो जहाँ रहेपनि प्रतिष्ठानले घिमिरे वंशजहरुलाई एकै ठाउमा ल्याउन खोजेको बताउनु भयो ।