आगलागिबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति

admin

२०८१ चैत्र २२ गते, शनिबार १८:३८ मा प्रकाशित

गुल्मी, २३ चैत । गुल्मीको मालिका गाउँपालिकामा विद्युत् सर्ट भई आगलागी भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थीत अर्जैमा डिलाराम अर्यालको टिनको छानो भएको उक्त गोठमा आगलागि भएको हो । आगलागि हुँदा अर्यालको दुई तले कच्ची गोठमा पुर्ण रुपमा क्षती पुग्नुका साथै फर्ममा रहेका ७ सय कुखुरा समेत जलेर नष्ट भएका छन् ।

शुक्रबार मध्य रातको समयमा गोठमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनु भएको छ । प्रहरीका अनुसार ७ सय लेयर्स कुखुरा सहित टिनको छानो भएको कच्ची गोठ सहित स्टोर रहेका दाना, धान र मकै जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

आगलागी भएको जानकारी पाएपछि प्रहरी उक्त स्थानमा खटिएको थियो । आगो डेढ घण्टापछि राती दुइ बजेको समयमा नियन्त्रणमा आएको थियो । आगलागी पीडित डिलाराम अर्यालका छोरा कमल अर्यालका अनुसार आगलागिबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको बताईएको छ । अण्डा दिनका लागि तयार बनेका ७ सय लेयर्स कुखुराहरु सबै जलेर पूर्ण रुपमा नष्ट भएको अर्यालले बताउनु भयो ।