गुल्मीका तीन स्थानीय तहमा दुई दिन विद्यालय बन्द

admin

२०८३ आश्विन ८ गते, बिहीबार १५:२५ मा प्रकाशित

गुल्मीका तीन स्थानीय तहमा दुई दिन विद्यालय बन्द गुल्मी, ८ असोज । लगातारको भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै गुल्मी जिल्लाका तीनव टा स्थानीय तहले दुई दिनका लागि विद्यालय बन्द गरेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका, मदाने गाउँपालिका र इस्मा गाउँपालिकाले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै बिहीबार र शुक्रबार पठनपाठन स्थगित गर्ने निर्णय गरेका हुन् । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना देखाउँदै सतर्कता अपनाउन आग्रह गरेपछि विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै दुई दिनका लागि विदा दिने निर्णय गरेको स्थानीय तहहरूले जनाएका छन् । बिदा दिइएको दुई दिनको पठनपाठन पछि अन्य बिदाबाट समायोजन गरिने बताईएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्लाका १२ वटै स्थानीय तहहरुले सार्वजनिक रुपमा सूचना जारी गरी मानिसहरुलाई अत्यावस्यक काम बाहेक कतै पनि यात्रा नर्गन आग्रह गरेका छन् । भारी वर्षाका कारण ग्रामीण भेगका पैदल मार्ग तथा सडकहरूमा पहिरो खस्ने र खोलानालामा बाढी आउने खतरा रहेको भन्दै जोखिम मोलेर विद्यालय नजान समेत पालिकाले अनुरोध गरेका छन् । जिल्लामा बुधबार बेलुकीदेखि वर्षा भैरहेको छ ।