८ बैशाख २०८२, सोमबार
कुशासन र भ्रष्ट्राचारलाई जरैदेखि सफा गनुपर्छ ः महामन्त्री थापा

जनार्दन घिमिरे
गुल्मी, २६ चैत । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान सरकारले कुशासन र भ्रष्ट्राचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनु भएको छ । उहाँले नागरिकमा सरकारले केही गरेन भन्ने भाष्य निर्माणलाई चिर्नका लागि भ्रष्ट्राचारलाई सफा गर्नु पर्नेमा जोड दिनु भएको छ ।
नेपाली काँग्रेस गुल्मीको मंगलबार सदरमुकाम तम्घासमा आयोजित तेश्रो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सँजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सृजना हुने बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नु पर्ने भन्दै राम्रो कामको प्रचार गर्न आफुहरु तयार रहेको बताउनु भयो ।
नेपाली काँग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको भन्दै थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर काँग्रेस थिचियर बस्न नसक्ने बताउनु भयो । एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवार उसैले लिनु पर्ने भन्दै महामनत्री थापाले त्यसको जिम्मेवारी काँग्रेसले नबोक्ने बताउनु भयो ।
काँग्रेस आत्तियो भने सिँगो मुलुकले त्यसको मूल्य चुकाउनु पर्ने भन्दै उहाँले पछिल्लो समयमा आम नागरिकमा देखिएको असन्तुष्टीलाई चिन्ने र चिर्ने काम पनि काँग्रेसको काँधमा आएको बताउनु भयो । महामन्त्री थापाले देशमा ठूला दलहरुले केही गरेनन् र केही भयन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरणहरु जगाउँदै जानु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाइ भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्न राजावादीहरुलाई आग्रह गर्नु भएको छ । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको बताउँदै शर्माले यस अबस्थामा थुप्रै सम्भावनाका ढोकाहरू सुरू भएको बताउनु भएको छ । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेको भन्दै गणतन्त्र सबैको साझा भएको बताउनु भयो । उहाँले राजावादी शक्तिहरुलाई गर्वमा हैन कर्ममा विश्वास गर्न समेत आग्रह गर्नु भएको छ ।
जिल्ला सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु डा. चन्द्रकान्त भण्डारी, मिनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी, चन्द्र केसी, प्रदेश सभापति अमरसिंङ पुन लगायतका केन्द्रीय तथा प्रदेश तहका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।