खोलामा डुबेर वालकको मृत्यु

admin

२०८२ बैशाख २ गते, मंगलवार ०८:१९ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, २ वैशाख । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक वालकको ज्यान गएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका –६ निवासी १५ वर्षीय राजेश कुमालको सोमबार बेलुकी सिस्तुङ स्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

खोला नुहाउन भनि गएको छोरो पानीमा डुबेको थाहा पाएपछि मृतकका बावुले प्रहरीमा जानकारी गराउनु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।