३ असार २०८२, मंगलवार
गुल्मीमा उखुजन्य पदार्थ उत्पादन गररे मनग्य आम्दानी गर्दै युवाहरु

रेसुङ्गा समाचारदाता
गुल्मी १४ जेठ । गुल्मी दिगामका कृषकहरु यतिबेला उखुजन्य पदार्थ उत्पादन गरेर मनग्य आम्दानी गर्न शुरु गरेका छन । छत्रकोट गाउँपालिका –४ दिगामका युवा कृषकहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखुको रसलाई विविधिकरण गरेर खुदो र गुड उत्पादन गर्दै आउनु भएको छ ।
तीन जना युवाहरु मिलेर गाउँमा उहाँहरुले संयुक्त रुपमा एक करोडको प्रोजेक्ट बनाएर आफ्नै लगानीमा दिगाममा तीन वर्षदेखि व्यावसायिक रुपमा उखु खेती गर्दै आउनु भएको छ । गाउँमा बाँझिएका बाँझा बारीहरु यतिबेला उखुका गाँजहरुले भरिभराउ बनेका छन् । उहाँहरु उखुको रसबाट आर्थिक संमृद्धिको खोजीमा जुटन लाग्नु भएको छ ।
जिल्लामा उखुको मुख्य पकेट क्षेत्रको रुपमा रहेको छत्रकोट गाउँपालिका –४ दिगामका व्यावसायीक रुपमा उखु खेती गर्न थालिएको छ । पैसा कमाउनका लागि गाउँ छाडेर कैयन युवाहरु रोजगारीको खोजीमा बिदेशीयकोे अबस्थामा छत्रकोट दिगामका युवाहरु गाउँमा रमाउन थाल्नु भएको हो । उहाँहरुले गाउँले ग्रुप अफ इन्डस्ट्रीज प्रालि मार्फते तीन सय रोपनी जग्गा भाडमा लिएर उखु खेती गर्दै आईरहनु भएको छ ।
गाउँमै उखु उद्योग स्थापना गरेर उहाँहरुले उखुजन्य पदार्थलाई विविधिकरण गर्दै आउनु भएको छ । उद्योग मार्फत आधुनिक मेशिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरि गुड र खुदोको ब्रान्डिङ् गरिएको छ । उहाँहरुले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरुको उखु खरिद गरेर त्यसबाट खुदो तथा गुड उत्पादन गर्दै आउनु भएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीले उखु प्रशोधनका लागि कम्पनीलाई आधुनिक मेशिन र भट्टी निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । त्यसका लागि यस पटक ६ लाख ४५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताउनु भयो । उद्योगमा १२ लाख भन्दा बढी मुल्य पर्ने उखु प्रशोधन मेशिन जडान गरिएको छ । उक्त मेशिनबाट प्रति घण्टा २५ क्वीण्टल उखु पेल्न सकिने उद्योग सञ्चालक रामकृष्ण न्यौपानेले बताउनु भयो ।
कम्पनीमा उखुको रस प्रशोधन गरेर खुदो र गुड बनाउने काम भैरहेको छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० पैंयामा बिक्रि हुँदै आएको सञ्चालक न्यौपानेले बताउनु भयो । गाउँमै उखुबाट संमृद्धि खोज्न थाल्नु भएका न्यौपानेले कम्पनी मार्फत चार महिनाको अबधिमा ९० लाख बराबरको गुड र खुदो बिक्रि गरिसकेको जानकारी दिनुभयो । यस वर्ष एक करोड भन्दा बढीको बिक्रि गर्ने उहाँको लक्ष्य रहेको छ । ‘बजारमा दिगामको गुडखुदोको माग धेरै छ, दिगामको भनेपछि खोजीखोजी लैजान ुहुन्छ, माग पनि अत्यधिक छ, यतिबेला हामीलाई माग पुराउन समेत धौधौ परेको छ, उहाँले भन्नुभयो ।’
कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीका अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख भन्दा बढीको गुडखुदो बिक्री भैसकेकोे बताईएको छ । उहाँका अनुसार जिल्ला भित्र दुइ करोड बराबरको खपत भएको छ भने जिल्ला बाहिर तीन करोड ७० लाखको गुडखुदो निर्यात भएको बताईएको छ ।
जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । जिल्लामा यस पटक पाँच सय ९४ मेट्रिकटन भन्दा बढी गुडखुदो उत्पादन भएको छ । जिल्लामा छत्रकोट र रुरुक्षेत्र क्षेत्रमा मात्र छ सय २५ घरधुरी किसानहरु व्यावसायिक रुपमा उखु खेतीमा लागेका छन ।