गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता

admin

२०८२ जेष्ठ ३१ गते, शुक्रबार १७:४१ मा प्रकाशित

रेसुंगा सामाचारदाता गुल्मी, २८ जेठ । गुल्मीको मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता बितरण गरिएको छ । मदाने गाउँपालिका वडा नं –१ अन्तरगत अग्लुङ्मा स्थानीय जातको रैथाने गाई पालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता बितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले अग्लुङ्काका ३० जना गाईपालक किसानलाई जनही दुई हजार ५०० का सयका दरले उक्त प्रसुति स्याहार भत्ता उपलब्ध गराएको हो । पछिल्लो समयमा बसाईसराईका कारण गाउँवाट मानिसहरु विस्थापित हुँदै जान थालेसँगै स्थानीय जातका गाईहरु लोपहुँदै गईरहेको अबस्थामा किसानहरुलाई गाई पालनमा प्रोत्साहन गर्ने उद्देश्य पालिकाले उक्त प्रसुति भत्ता उपलब्ध गराईएको अध्यक्ष चन्दले बताउनु भयो ।

गाउँमा चाँड पर्व तथा तिथी सराद जस्ता धार्मिक कार्यकालागि स्थानीय जातको गाईको दूध, गहुँत र गोबर पाउन समस्या भएका कारण गाउँपालिकाले रैथाने गाईको संक्षणमा जुट्न थालेको हो । यसरी भत्ता उपलब्ध गराएसँगै त्यस क्षेत्रका गाईपालक किसानहरु पनि थप उत्साहित बनेका छन ।