१ चैत्र २०८२, आईतवार
पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता राखिने : रेसुङ्गा नगरपालिका
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका पछिल्ला वर्षहरूमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकका आवश्यकता र सुविधालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा अघि बढिरहेको छ। ‘पूर्वाधारसँग नागरिक’ भन्ने नारासहित नगरले विकास प्रक्रिया जनताको सहभागिता र पहुँचमा आधारित बनाउने प्रयास गरेको छ।
सडक विस्तार, खानेपानी, विद्युत् सेवा, विद्यालय स्तरोन्नति, स्वास्थ्य संस्था सुदृढीकरण, सरसफाइ तथा सार्वजनिक भवन निर्माणजस्ता क्षेत्रमा नगरपालिकाले उल्लेखनीय प्रगति गरेको छ। अधिकांश योजना नागरिककै माग र प्राथमिकता पहिचानपश्चात सुरु हुने भएकाले जनस्तरमा सकारात्मक प्रभाव देखिन थालेको छ।
नगरप्रमुख खिलध्वज पन्थी भन्छन्, “हामी पूर्वाधार निर्माणलाई जनताको आवश्यकता र सहभागितामा आधारित ढंगले अघि बढाइरहेका छौं। योजना छनोटदेखि कार्यान्वयनसम्म जनसहभागिता सुनिश्चित गरेका छौँ। सडक, स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता क्षेत्रमा गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं। पूर्वाधारमार्फत नागरिकसँगको सम्बन्ध बलियो बनाउँदै समावेशी र दीगो विकासतर्फ अघि बढिरहेका छौँ।”
चालु आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाले ६७ करोड २१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ, जसमा उल्लेख्य हिस्सा पूर्वाधार विकासका योजनामा केन्द्रित गरिएको छ।

