१८ बैशाख २०८३, शुक्रबार
रेसुंगा नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिने
गुल्मी ३० साउन । गुल्मीको रेसुंगा नगरपालिकाले यस वर्षको कृष्ण जन्माष्टमीको अवसरमा नगर भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले सार्वजनिक सूचना मार्फत भदौ १ गते आईतबार एक दिनको लागि बिदा दिने निर्णय गरेको बताउनु भएको छ ।
गुल्मी जिल्ला श्रीकृष्ण जन्माष्टमी पर्वलाई सांस्कृतिक तथा धार्मिक परम्परा अनुसार प्रत्येक वर्ष भव्य रूपमा मनाउँने गरिन्छ । यस वर्ष पनि स्थानीय वासिन्दा, सरोकारवाला निकाय तथा संस्थासँगको समन्वयमा बिदा दिने नगर निर्णय कार्यपालिकाको बैठकले गरेको हो ।
उक्त दिन नगरभित्रका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सहकारी संस्था लगायत नगरपालिका मातहतका सम्पूर्ण निकाय बन्दहुने बताईएको छ ।

