१ चैत्र २०८२, आईतवार
जिल्ला समन्वय समितिद्वारा दुईदिने वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
गुल्मी, १६ भदौ । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाका स्थानीय तह तथा विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूबीच आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति समीक्षा गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन गरिएको उक्त प्रगति समीक्षा बैठकमा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले हाल संघ, प्रदेश र स्थानीय तह सबै नयाँ प्रक्रियामा रहेका कारण जनशक्ति तयार गर्ने, स्रोत साधन व्यवस्थित गर्ने र संस्थागत संरचना सबल बनाउनुपर्नेमा जोड दिएका छन । बैठकमा जिल्लाका १२ वटै स्थानीय तह तथा संघ र प्रदेश अन्तर्गत रहेका कार्यालयहरुले आर्थिक वर्ष २०८१÷०८२ मा गरेका उपलब्धीहरुका विषयमा जानकारी गराएका गराईएको थियो ।
बैठकमा ग्रामिण क्षेत्रमा बादरको समस्यादेखि स्वास्थ्य बीमाबाट प्राप्त हुने औषधी, सडक, खानेपानी, विद्युत, मोवाईल नेटवर्क समस्यो लगायतका विषयहरु उठाईएको थियो ।। प्रगति समिक्षा कार्यक्रममा नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रत्येक नागरिकहरुको पहुँचमा पु¥र्याउन स्थानीयतहहरुले भूमिका खेल्नुपर्ने बताउँदै यसबाट प्राप्त हुने सेवाहरुलाई गुणस्तरीय बनाउनु पर्नेमा जोड दिएका थिए ।
सरोकारवाला, नागरिक समाज, राजनैतिक दलका प्रतिनिधिहरु सहभागी बैठकमा संघ र प्रदेशबाट सञ्चालन हुने विकासका कार्यहरुमा स्थानीयतहसँग समन्वयको अभाव रहेको जनप्रतिनिधिहरुले गुनासो गरेका थिए । समीक्षा कार्यक्रम नियमित कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी गर्दै यसले जिल्लाको समग्र समस्याहरु पहिचानका लागि सहयोग पु¥याएको सहभागिहरुले बताएका थिए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले थोरै साधन र स्रोतका बीचमा पनि थुप्रै विकासका कार्यहरु अगाडी बढेको संघीयतालाई सवल बनाउनेतर्फ सबै लाग्नुपर्ने धारणा व्यक्त गरे । उनीहरुले पहुँचका आधारमा बजेट बिनियोजन गर्ने र आवश्यकता नहेरी पूर्वाधार निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताएका छन । स्थानीय तहमा सञ्चालन हुने कार्यक्रममा प्रदेश र संघीय कार्यालयहरुले समन्वय गरेरमात्र काम गर्नु पर्नेमा जोड दिएकाथिए ।
दुई दिनसम्म सञ्चालन भएको बैठकको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले जिल्ला समन्वय समितिको आवश्यकताका विषयमा राजनैतिक दलहरुलाई छलफलको बहस बनाउन आग्रह गरेका थिए । पछिल्लो समय जिल्ला समन्वय समिति रहने र नरहने भन्ने विषयमा छलफल आइरहेको भन्दै यदि यस्को आवश्यकता भए समन्वयलाई कामकाजी बनाउनुपर्ने समन्वय समिति प्रमुख खत्रीले बताएका छन । साथै उनले स्थानीय तहहरूको असल अभ्यास आदानप्रदान र सुधारका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने भन्दै सामूहिक छलफल र तथ्यांक आधारित प्रस्तुतिले योजनागत कामलाई अझ प्रभावकारी बनाउन सहयोग पु¥याउने कुरामा जोड दिएका थिए ।

