४ माघ २०८२, शनिबार
गुल्मी ब्याडमिन्टन संघमा थापाको अध्यक्षतामा नयाँ नेतृत्व
गुल्मी, १९ भदौ । जिल्ला ब्याडमिन्टन संघ गुल्मीमा भरत थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व गठन भएको छ । ब्याडमिन्टन संघको वार्षिक साधारण सभा तथा चांैथो जिल्ला अधिवेशनले बिहिवार १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
थापाको नेतृत्वमा नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा शुरेश श्रेष्ठ, उपाध्यक्ष माधव विष्ट, सचिव चतुर्भुज पन्थी र कोषाध्यक्ष प्रकाश बुढाथोकी रहनु भएको छ । त्यसैगरी समितिको सदस्यहरुमा नारायण जिसी, कुमार थापा, चित्र बहादुर श्रीस, राजु पाण्डे, वावुलाल पन्थी, राजन काउँछा, होम पल्ली, तारा बहादुर श्रेष्ठ, यम बहादुर थापा र हिमाल श्रीस निर्वाचित भएको निर्वाचन अधिकृत विष्णु बलालले जानकारी दिनुभएको छ ।
वार्षिक साधारण सभामा संघका निवर्तमान अध्यक्ष नवराज श्रेष्ठले संस्थाको विगतदेखि वर्तमान अवस्था र आफुले शुरु गर्न थालेका भावी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद पन्थीले २७ लाख ७२ हजार एक सय ६७ रुपैयाँ बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष थापाले संस्थालाई स्थापनाकालदेखि अवर्तमान अबस्थासम्म ल्याई पुराउन सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई धन्यबाद व्यक्त गर्दै सबैको सुझाब र सल्लाह अनुसार आफ्नो कार्यकालमा थप नयाँ र रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी खेलकुद परिषद् सदस्य महेश काउछा, सल्लाहकार श्रीप्रसाद भलामी, संघका संस्थापक अध्यक्ष शेर बहादुर थापा, उपाध्यक्ष मनोज काउछा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमका सञ्चालक शुरेस श्रेष्ठले जानकारी दिनुभएको छ ।


