२८ चैत्र २०८२, शनिबार
गुल्मीमा चट्याङ् लागेर तीन जना घाइते
गुल्मी, ६ चैत । गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ् लाग्दा तीन जना घाइते भएका छन् । आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाईहरुको छाती, नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई मुसिकोट नगरपालिका अन्तर्गत वामीटक्सार स्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका जिल्ला अस्पताल तम्घास ल्याई पुराईएको छ । चट्याङ्मा परी घाईते भएकाहरुलाई स्थानीय सुशील खड्काको सहयोगमा उद्धार गरिएको थियो ।
यसैबीच चट्याङ्कै कारण स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीनवटा बाख्रा समेत मरेका छन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौंदीअमराईबाट प्रहरी नायव निरिक्षक लखनलाल चौधरीको नेतृत्वमा टोली घटना स्थल पुगेको थियो । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

