बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीद्वारा एक लाख सहयोग

admin

२०८३ भाद्र १२ गते, शुक्रबार १८:२२ मा प्रकाशित

गुल्मी, १२ भदौ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महासंघद्वारा शुक्रबार तम्घासमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले जानकारी दिएका छन् ।

विपद्को समयमा पत्रकारले सूचना सम्प्रेषणसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्दछ भन्ने भावनाले उक्त सहयोग गर्न लागिएको महासंघका सचिव सन्तोष महतराले बताए । महासंघ गुल्मीले यसअघि कोरोना महामारीका समयमा पनि जिल्लामा अक्सिजन प्लाण्ट निर्माणका लागि अभियान समेत सञ्चालन गरेको थियो ।