३ बैशाख २०८३, बिहीबार
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा तिजमिलन कार्यक्रम सम्पन्न
रेसुंगा समाचारदाता
बुटवल, १८ साउन । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकोे छैठौं वार्षिक साधारण सभा तथा कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका –३ रुपन्देही स्थित बुटवल पब्लिक स्कुल योगिकुटीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले समाजले रुपन्देहीमा बसेर गरेको सामाजिक कार्य प्रति उच्च प्रशंसा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष उषा खत्रीले अध्यक्षको प्रतिबेदन र काजिमान टण्डनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा एकल महिलाबाट रिता खत्री टण्डन र वृद्ध महिलाबाट ८१ वर्षीय जोवान्ता ज्ञवालीलाई सम्मान गरिएको थियो भने बुटवल पब्लिक स्कुललाई मिरा कोष सम्मान शैक्षिक योगदानबाट सम्मान गरिएको थियो ।
तिज गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने महिला दिदीबहिनीहरु मध्येबाट सरु श्रेष्ठ र विष्णु कार्कीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा कलाकार नारायण बीपी परियार, सकुन्तला गैरे, सिता लामिछाने, धनमाया, मनमाया र सिता रणपालका सांगितिक प्रस्तुति रहेकोे थियो ।
छैठौं साधारण सभाको संयोजक ढक बहादुर टण्डन तथा तिज मिलन कार्यक्रमको संयोजक सुमित्रा टण्डनले गर्नुभएको थियो । तिज मिलन कार्यक्रम संयोजक सुमित्रा टण्डनको स्वागत मन्तव्य तथा सौजन्या कार्की र जोयना गुरुङ्को स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
साधारण सभामा वडाध्यक्षहरु शालिकराम टण्डन, मुकेश थापा, अमर बस्नेत, विष्णु कँडेल, हेमलाल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ सचिव डिलाराम पन्थी, तिलोत्तमा –३ का वडाध्यक्ष कल्याण पौडेल, गुल्मीदरबार गाउँपालिका ७ का वडाअध्यक्ष शालिकराम टण्डन वडा नं ६ का वडाध्यक्ष मुकेश थापा, सुनौलो टोल विकास संस्थाका अध्यक्ष दुर्गा सिञ्जाली, उज्यालो टोल विकास संस्थाका अध्यक्ष शिव थापा, कार्यपालिका सदस्य ईश्वरी परियार लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष उषा खत्रीले अध्यक्षको प्रतिबेदन र काजिमान टण्डनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा एकल महिला ८१ वर्षिय जोवान्ता ज्ञवालीलाई एकल महिला सम्मानबाट सम्मान गरिएको थियो भने बुटवल पब्लिक स्कुललाई मिरा कोष सम्मान शैक्षिक योगदानबाट सम्मान गरिएको थियो ।
साधारण सभामा वडाध्यक्षहरु शालिकराम टण्डन, मुकेश थापा, अमर बस्नेत, विष्णु कँडेल, हेमलाल शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । तिज गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने महिला दिदीबहिनीहरु मध्येबाट सरु श्रेष्ठ र विष्णु कार्कीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा कलाकार नारायण बीपी परियार, सकुन्तला गैरे, सिता लामिछाने, धनमाया, मनमाया र सिता रणपालका सांगितिक प्रस्तुति रहेकोे थियो ।
छैठौं साधारण सभाको संयोजक ढक बहादुर टण्डन तथा तिज मिलन कार्यक्रमको संयोजक सुमित्रा टण्डनले गर्नु भएको थियो । तिज मिलन कार्यक्रम संयोजक सुमित्रा टण्डनको स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सौजन्या कार्की र जोयना गुरुङ्को स्वागत नृत्य रहेको थियो ।

